कांग्रेस क्षेत्रीय सभा १ (ख) मकवानपुरको पहिलो बैठक सम्पन्न
मकवानपुर । नेपाली कांग्रेस क्षेत्रीय सभा १ (ख) मकवानपुरको पहिलो बैठक हेटौंडामा बसेको छ । बैठक क्षेत्रीय सभापति राजेश बानियाँको अध्यक्षतामा बसेको हो । सो बैठकले हेटौंडामा समितिको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले गीता कुमारी न्यौपानेलार्इ कोषाध्यक्ष पदमा मनोनयन गर्ने निर्णयसमेत गरेको छ । कांग्रेसको १४ औँ अधिवेशनबाट निर्वाचित केन्द्रिय सह–महामन्त्री तथा प्रदेश समितिका सभापति, पदाधिकारी तथा निर्वाचित सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाइ तथा मतदान गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरेको छ ।

