सोमबार १९ अंकले बढ्यो नेप्से

तु खबर संवाददाता
२०७८ पुष २६,सोमबार १५:४३
file-photo

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १९ अंकले बढेको छ । आज नेप्से १९ दशमलव ४३ अंकले बढ्दा २७८४ दशमलव ९५ को विन्दुमा कायम भएको छ । सूचीकृत २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता शेयर खरिद बिक्रि हुँदा ७ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

हिजो आइतबार नेप्सेमा १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । जुन, आज सोमबारकोभन्दा २ करोडले कम हो । आज बैंकिङ, होटल एण्ड टुरिजम र उत्पादनमूलक समूहमा भने गिरावट आएको छ । यीबाहेक अन्य सबै समूहमा उत्साहजनक वृद्धि आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहमा २१८ र निर्जीवन बीमा समूहमा १९० अंकको सुधार आएको छ । यस्तै, अन्य समूहमा ११३ अंकको सुधार आएको छ ।