पाँच विद्यालयलाई पोशाक
मकवानपुर । हेटौंडाका विभिन्न ठाउँका आधारभुत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक (टीसर्टसहित ट्र्याकसुट) वितरण गरिएको छ । द सन अफ लाइट काठमाडौं नामक संस्थाले विद्यालय पोशाक वितरण गरेको हो । समाजसेवी कमलचन्द्र सुमनको समन्वयमा पोशाक वितरण गरिएको हो ।
विद्यालय पोशाक वितरण गरिएका विद्यालय हेटौंडा–१९, नेवारपानीस्थित सिर्जनशील बौद्ध अनाथ प्राथमिक विद्यालय (५४ थान), हेटौंडा–१९, लेकपानीस्थित जीवनज्योति आधारभुत विद्यालय (५५ थान), हेटौंडा–१, भैरवडाँडास्थित भैरव आधारभुत विद्यालय (५५ थान), मकवानपुरगढी गाउँपालिकास्थित दुई आधारभुत विद्यालयलाई ७० र ७५ थान गरी विद्यालय पोशाक वितरण गरिएको छ ।
पोशाक वितरण कार्यक्रममा दातृसंस्था द सन अफ लाइट काठमाडौं अध्यक्ष शान्तरत्न शाक्यको प्रमुख आतिथ्यता थियो भने दातृसंस्थाका केन्द्रीय प्रतिनिधि सुरेश महर्जन, समाजसेवी राजु गुरुङ, हेटौंडा–१ का अध्यक्ष सबिन न्यौपानेलगायतको उपस्थिति थियो ।
