उद्योग संघ मकवानपुरको अध्यक्षमा प्याकुरेल
मकवानपुर । उद्योग संघ मकवानपुरको अध्यक्षमा स्वागतराज प्याकुरेल निर्वाचित भएका छन् । सोमबार सम्पन्न साधारणसभाबाट प्याकुरेल नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा बद्रिनाथ शर्मा, उपाध्यक्षमा श्रीहरि मास्के, महासचिवमा किशोर अर्याल, सचिवमा सुयश राज पराजुली, कोषाध्यक्षमा श्याम ढकाल र सह–कोषाध्यक्षमा बुद्धराज अर्याल चयन भएका हुन् ।
यस्तै सदस्यमा शिरोमणि प्याकुरेल, शरदचन्द्र भट्टराई, सृजन कोइराला, सविता पौडेल, हरिहर कोइराला, सम्राट सिंह, दिवस चौलागाईं, सविना सडौला र नितिन जैन चयन भएका हुन् । संघका अध्यक्ष लेखराज पोखरेलको सभाध्यक्षतामा भएको कार्याक्रममा बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपुुर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता ईन्दबहादुर बानियाँको पनि आतिथ्यता रहेको थियो ।
