न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा १९ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ पुष २६,सोमबार ०८:३१
सांकेतिक तस्वीर

काठमाडौं । न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । आगालागीमा परेर ९ बालबालिकासहित १९ जनाको मृत्यु भएको हो । अन्य ३२ जना घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको न्यूयोर्कका मेयर एरिक एडम्सले बताएका छन् ।

समाचार एजेन्सी एनबीसी न्यूजका अनुसार, स्थानीय समय अनुसार आइतबार राति ११ बजे ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो । तर, त्यसको धुँवा सबै तलामा फैलिएको पाइएको छ । करेन्ट सट भएर आगलागी भएको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । आगो निभाउनका लागि दुई सय जना अग्नि नियन्त्रकहरु परिचालन गरिएको थियो ।