समाचार

हेटौंडाकी धिताल पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले फैसालाले बैदेशिक रोजगार कसुर मुद्धामा फरार एक जनालाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको मिति २०६८ साल माघ ८ गतेको फैसालाले उक्त मुद्धामा २३ हजार ५५० रुपैयाँ जरीवाना भुक्तान गर्न बाँक्री ।ही फरार रहेकी एक महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक...

एकैदिन ४३५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ४३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७१५ जनाको पीसीआर र ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार, सो अवधिमा पीसीआरबाट ३७०...

मकवानपुर प्रहरीद्वारा ४ वटा ट्याक्टर नियन्त्रणमा

मकवानपुर । मकवानपुर प्रहरीले अवैध रुपमा नदीजन्य उत्खनन् गर्ने ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । बुधबार जिल्लाको हेटौंडा उपमहानगरपालिकास्थित राप्तीबाटबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । उनका अनुसार, प्रहरीले ना. ७ त...

नकौलीमा विद्यार्थीलाई न्यानो कपडा वितरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ नकौलीका १ सय ७० जना विद्यार्थीलाई जाडो मौसममा न्यानो कपडा वितरण गरिएको छ । शत प्रतिशत तामाङ समुदायका बालबालिका अध्ययन गर्ने नकौलीको कालिका आधारभूत विद्यालयका १ सय ७० जना विद्यार्थीलाई आइतवार स्वीटर वितरण गरिएको हो । सन अफ लाईफका सदस्य एवम् स्वास्थकर्मी...

गोरेका भाइ रमेश अदालतमा हाजिर

काठमाडौं । साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्याका मुख्य योजनाकार चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीलाई आइतबार अदालत हाजिर गराइएको छ । मंगलबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट पक्राउ परेका रमेशलाई प्रहरीले बुधबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको हो । साढे ३३ किलो सुन तस्करी र...

जनमत पार्टीको काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको जनमत पार्टीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए ।...

आज नेप्से ३० अंकले घट्यो

काठमाडौं । आज साताको चौथो दिन बुधबार नेपाली शेयर बजारमा फेरी ओरालो लागेको छ । केही दिनदेखि लगातार हरियाली छाएको नेप्सेमा आज भने गिरावट आएको हो । आज नेप्से परिसूचक ३० अंक अर्थात् १ दशमलव १५ प्रतिशतले घटेर २ हजार ६४९ दशमलव २० विन्दुमा कायम भएको छ । सूचिकृत...

जीप दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । दैलेखको नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दैलेख भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ आउँदै गरेको लु २ च ४८२९ नं.को डबल क्याप जीप दुर्घटना हुँदा जीप चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दैलैख भगवतीमाई...

संसद बैठक पुस २८ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको पुस २२ गते बोलाइएको बैठक स्थगित भएको छ । संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारका लागि तय गरेको बैठक स्थगित गरेको हो । पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । संसद सचिवालयका...

कांग्रेस मकवानपुरको अधिवेशन माघ १५ गते हुने

मकवानपुर । पुस २७ गतेको लागि तय भएको कांग्रेस मकवानपुरको अधिवेशन माघ १५ गतेमात्रै हुने भएको छ । माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनलाई मध्येनजर गर्दै अधिवेशन सारिएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । आज विहान बसेको नेपाली कांग्रेस केन्द्रीय...