हेटौंडाकी धिताल पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले फैसालाले बैदेशिक रोजगार कसुर मुद्धामा फरार एक जनालाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको मिति २०६८ साल माघ ८ गतेको फैसालाले उक्त मुद्धामा २३ हजार ५५० रुपैयाँ जरीवाना भुक्तान गर्न बाँक्री ।ही फरार रहेकी एक महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रापकुमार सापकोटाले जानकारी दिए ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ बस्ने ५० वर्षीया सरस्वती धिताल रहेको प्रहरी निरीक्षक सापकोठाले बताए । उनका अनुसार, धिताललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । पक्राउ परका उनीमाथि आवश्यक अनुसन्धानका साथै उक्त जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको मकवानपुर प्रहरीले जनाएको छ ।
