एकैदिन ४३५ जना कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०७८ पुष २१, बुधबार १६:५४
filr-photo

काठमाडौं । नेपालमा थप ४३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७१५ जनाको पीसीआर र ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार, सो अवधिमा पीसीआरबाट ३७० जना र एन्टिजेनबाट ६५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३९ रहेको छ भने कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजा २२५ रहेको छ । जसमध्ये ४ हजार ८५२ जना होम आइसोलेसनमा छन् ।