समाचार

फेरि वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको जनाएको छ । महाशाखाले विशेष बुटेलिन जारी गर्दै सो कुराको जानकारी गराइएको हो । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ । उक्त प्रणालीका...

नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट विभिन्न प्रकारका ७ सय ५० एम्पुल नियन्त्रित लागूऔषधसहित प्रहरीले मंगलबार बिहान २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा महागढीमाई नगरपालिका–१ घर भएका २७ वर्षीय कृष्ण यादव र सप्तरी सखुवा गाउँपालिका–४ घर भएका १९ वर्षीय दिपेश कुमार राम रहेका छन् । नागढुङ्गास्थित चेकप्वाइन्टमा...

थप ३९३ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ...

६३ अंकले बढ्यो नेप्से, ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार पनि शेयर बजारमा हरियाली छाएको छ । आइतबार र सोमबार बढेको नेप्से परिसूचक आज ६३ दशमलव ०१ अंक अर्थात् २.४१ प्रतिशतले बृद्धि भएर २ हजार ६७९ दशमदव ९५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३४ कम्पनीको ९१ लाख १० हजार ७५८...

राष्ट्रियसभा सदस्य निर्वाचन : बागमतीबाट ६ जनाको उम्मेदवारी दर्ता

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी माघ १२ गते हुने निर्वाचनका लागि महिलातर्फ ३ जना र अन्यतर्फ ३ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडाले जनाएको छ । उम्मेदवारी दर्ता गराउनेमा सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेकपा...

कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार पराजुलीको सचिवालय स्थापना

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको सचिवालय स्थापना गरिएको छ । यही पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका पराजुलीले हेटौंडा–२ स्थित कांग्रेस चोकमा सचिवालय स्थापना गरेका हुन् । जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन सचिवालय स्थापना गरिएको पराजुलीले बताए । ‘म...

बकैयामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । घमनटोल स्पोर्टस् क्लबले आफ्नो सातौं वार्षिक उत्वसको अवसरमा आगामी माघको ७ र ८ गते गाउँपालिको वडा नम्वर ७ को घमनटोल खेल मैदानमा उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो । त्यसको लागि तयारी भइरहेको घमनटोल स्पोर्टस् क्लबका...

मकवानपुरमा मंगलबार ४ संक्रमित थपिए

मकवानपुर । मकवानपुरमा थप ४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २० जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुने चारै जना हेटौंडा उपमहानगरपालिकाका हुन् । यससँगै जिल्लामा...

हेटौंडामा आजबाट कोटीहोम महायज्ञ सुरु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित गोरक्षश्वर मन्दिर परिसरमा आज (मंगलबार) बाट कोटीहोम महायज्ञ सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । धर्मसभा विश्वहिन्दु महासंघ अन्तर्राष्ट्रिय, श्रीराम भक्त हनुमान सेवा समिति, हेटौंडा–१० र श्री गोरक्षेश्वर क्षेत्र विकास समिति हेटौंडा–१० को संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो ।...

५७ उपसचिवहरुको सरुवा तथा पदस्थापन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले सरुवा तथा पदस्थापनको यो सूचीमा अतिरिक्त समूहमा रहेका २५ उपसचिवहरुसमेत छन् । राष्ट्रिय दलित आयोगका जयबहादुर खड्का क्षेत्री र चाँगुनारायण नगरपालिका भक्तपुरका अग्नि प्रसाद अधिकारीलाई मन्त्रालय तानेर अतिरिक्त समूहमा राखिएको छ...