६३ अंकले बढ्यो नेप्से, ४ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७८ पुष २०,मंगलवार १६:५६

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार पनि शेयर बजारमा हरियाली छाएको छ । आइतबार र सोमबार बढेको नेप्से परिसूचक आज ६३ दशमलव ०१ अंक अर्थात् २.४१ प्रतिशतले बृद्धि भएर २ हजार ६७९ दशमदव ९५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज २ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । उत्पादन तथा प्रशोधन समूह र अन्य समूह आज घट्न पुगेको हो भने जीवन बीमा समूह र विकास बैंक समूहको उच्च अंकले बढेको छ । यस्तै, ४ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक कारोबार नेपाल बंगलादेश बैंकको भएको छ । बैंकको १४ करोड ७७ लाख ५४ हजार ५५० रुपैयाँको कारोबार भएको छ । त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।