बकैयामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै

तु खबर संवाददाता
२०७८ पुष २०,मंगलवार १५:४६

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । घमनटोल स्पोर्टस् क्लबले आफ्नो सातौं वार्षिक उत्वसको अवसरमा आगामी माघको ७ र ८ गते गाउँपालिको वडा नम्वर ७ को घमनटोल खेल मैदानमा उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो । त्यसको लागि तयारी भइरहेको घमनटोल स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए ।

उनले जिल्ला स्तरीय भलिबल खेलाडी उत्पादनको लागि वर्षेनी प्रतियोगिता गर्ने गरेको बताए । अध्यक्ष तिमल्सिनाले प्रतियोगिताबाट जिल्लामा हुने भलिबल प्रतियोगितामा गाउँपालिकाबाट सहभागी हुने खेलाडीको छनोट हुने समेत बताए । उनले प्रतियोगिताको विजेता टिमले नगद २० हजार र उपविजेता टिमले नगद १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जानकारी गराए । यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडीले ३ हजार प्राप्त गर्ने र प्रतियोगितामा सहभागी टिमलाई दर्ता शुल्क १ हजार ५ सय लाग्ने आयोजक घमनटोल स्पोर्टस् क्लबले जनाएको छ ।