कांग्रेस मकवानपुरको अधिवेशन माघ १५ गते हुने

तु खबर संवाददाता
२०७८ पुष २१,बुधबार ११:५५

मकवानपुर । पुस २७ गतेको लागि तय भएको कांग्रेस मकवानपुरको अधिवेशन माघ १५ गतेमात्रै हुने भएको छ । माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनलाई मध्येनजर गर्दै अधिवेशन सारिएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज विहान बसेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले जिल्ला अधिवेशन माघ १५ गते शनिवार गर्ने निर्णय गरेको हो । मकवानपुरसहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम, नवलपुरलगायतका जिल्लामा अधिवेशन हुन बाँकी रहेको कांग्रेसले जनाएको छ ।