आज नेप्से ३० अंकले घट्यो

तु खबर संवाददाता
२०७८ पुष २१,बुधबार १५:४०

काठमाडौं । आज साताको चौथो दिन बुधबार नेपाली शेयर बजारमा फेरी ओरालो लागेको छ । केही दिनदेखि लगातार हरियाली छाएको नेप्सेमा आज भने गिरावट आएको हो । आज नेप्से परिसूचक ३० अंक अर्थात् १ दशमलव १५ प्रतिशतले घटेर २ हजार ६४९ दशमलव २० विन्दुमा कायम भएको छ । सूचिकृत २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज २ उपसूचक बाहेकका सबै समूह राताम्य भएका छन् । आज हाइड्रोपावर र फाइनान्स समूहमा मात्र बृद्धि भएको छ भने सर्वाधिक निर्जीबन बीमा कम्पनीको २२८ अंकले घट्न पुगेको छ । त्यस्तै, आज सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । कम्पनीको आज १८ करोड ७२ लाख ६२ माथिको कारोबार भएको छ । त्यस्तै, मध्यभोटेकोशी जलविद्युत्को शेयरमा सकारात्मक सर्किट लागेको छ ।