आज नेप्सेमा ४३ अंकको बृद्धि

तु खबर संवाददाता
२०७८ पुष २२,बिहीबार १६:४०
file-photo

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्समा पुनः हरियाली छाएको छ । निरन्तर उकालोतर्फ लागेको नेप्सेमा अघिल्लो दिन बुधबार ३० अंकको गिरावट आएको नेप्से बिहिबार फेरी बढेको हो । आज नेप्से ४३ दशमलव २९ अंक अर्थात् १ दशमलव ६३ प्रतिशतले बृद्धि हुन पुगेको छ ।

शेयर बजारमा हरियाली छाएपनि अघिल्लो दिनहरुको तुलनामा कारोबार रकम भने घट्न पुगेको छ । सूचिकृत २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३९४ रुपैयाँको कारोबा भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुई उपसूचकबाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । आज दुई समूह नै राताम्य भएका छन् ।

व्यापार समूह र उत्पादन तथा प्रशोधन समूह राताम्य भएका छन् भने सर्वाधिक बीमा समूहहरुको बृद्धि भएको छ । त्यस्तै, सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर कम्पनी रहेको छ । कम्पनीको १६ करोड ३७ लाख ६ हजार ६६८ रुपैयाँको कारोबार भएको छ । साथै तेह्रथुम पावर, नेपाल फाइनान्स र मध्यभोटेकोशीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।