हेटौंडाका महिला जनप्रतिनिधिलाई पाँच दिने तालिम
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा निर्वाचित महिला जनप्रतिनिधिहरुरका लागि नेतृत्व विकास सम्वन्धी तालिम दिइएको छ । उपमहानगरपालिकामा निर्वाचित भएका महिला जनप्रतिनिधिहरुका लागि पाँच दिने तालिम दिइएको हो । तालिममा हेटौंडाका १९ वटै वडाका महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।
तालिममा प्रशिक्षक सोनालाल चौधरी लगायतकाले सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जननिर्वाचित महिला जनप्रतिनिधिहरुका लागि यो कार्यक्रम अत्यन्तै उपयोगी भएको बताउनुभयो । नेतृत्वगर्न सक्ने क्षमताको विकास गर्नका लागि थप बल पुगोश भन्ने उदेस्यले यो कार्यक्रम गरिएको मेयर महतको भनाई छ ।
कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले अहिले पनि महिला जनप्रतिनिधहरु पछाडी होइन नेतृत्वगर्न सक्ने छन् भन्ने सन्देश दिनका लागि पनि यो कार्यक्रम प्रभाबकारी भएको बताइन् । यो पाँच दिन सम्मको तालिमकै कारण महिला जनप्रतिनिधिहरुलाई हरेक क्षेत्रमा नेतृत्व गर्नका लागि थप सहयोग पुगेको उनले बताइन् ।
