हेटौंंडा–४ मा कांग्रेसको टोल समिति गठन

तु खबर संवाददाता
२०७८ पुष २३,शुक्रबार ०८:५८

मकवानपुर । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ गर्दोहीमा टोल समिति गठन गरेको छ । टोलीवासीहरुको भेलाले सर्मिला दवाडी सिलवालको अध्यक्षतामा १७ सदस्यीय टोल समिती गठन गरेको हो ।

यस्तै, समितिको उपसभापतिमा इन्द्रबहादुर लोप्चन, सचिवमा सन्दीप कोईराला, कोषाध्यक्षमा मालती श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः अनिता भण्डारी सुनुवार, अशोक थापा, अनन्त प्रसाद बराल, भरत पौडेल, नवराज अर्याल, गणेश थापा, नारायण बजगाई, सोमप्रसाद पौडेल, गोपालप्रसाद अधिकारी, शंकरप्रसाद अधिकारी, सम्झना अधिकारी, उमा अधिकारी र नम्रता तिमल्सिना चयन भएका छन् ।

कांग्रेस हेटौंडा ४ का वडा सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका पार्टी प्रवक्ता प्रदिप कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जेष्ठ नागरिक विष्णुप्रसाद डोरेल र दुर्गाप्रसाद कोइरालालाई सम्मान गरिएको थियो ।