एमाले मकवानपुरको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन
मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज शनिबार निर्वाचन हुँदैछ । शुक्रबारबाट हेटौंडामा जारी अधिवेशन अन्तगत जिल्ला अध्यक्षको आकांक्षीको रुपमा एकलाल श्रेष्ठ र बद्री लम्सालबीच प्रतिस्प्रधा हुँदैछ ।
शुक्रबार राती २ बजे उम्मेदवारहरुको प्रारम्भिक मतदाता नामावली प्रकाशन भएपछि दुबै जनाले चुनावमा बलियो दाबेदारी प्रस्तुत गर्ने भएका छन् । विशेष स्रोतको अनुसार दुबै समुहले आ–आफ्नो प्यानलका लागि पदाधिकारीका उम्मेदवारहरु निर्धारण गरेका छन् । बद्री लम्सालको प्यानलबाट उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल र उपसचिवहरुमा हिदम लामा र सीता विष्ट चुनावी मैदानमा उत्रिनेछन् ।
यस्तै, एकलाल श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा सुनिल मोक्तान र उपसचिवहरुमा मदन दहाल र पार्वती राना चुनावी मैदानमा उत्रिनेछन् । यद्यपी सदस्यहरुको भने कुनै प्यानल नभएर स्वतस्फूर्त रुपमा चुनावमा होमिएका छन् । शुक्रबार राती प्रकाशित उम्मेदवारको नामावलीका अनुसार १०५ सदस्यीय जिल्ला कमिटीका लागि पदाधिकारीसहित २०० जनाको उम्मेदवारी परेको छ । जसमा पदाधिकारीमा मात्र १५ जनाको उम्मेदवारी रहेको छ ।
