एन्फाको निर्वाचन जेठ १५ मा हुने

तु खबर संवाददाता
२०७८ पुष २४, शनिबार ०९:२०

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन २०७९ जेठ १५ गते हुने भएको छ । एन्फाको १५ औं केन्द्रीय कार्यसमितिको बिहीबार र शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । यस्तै, बैठकले आगामी माघ २९ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको छ ।

त्यसका लागि आगामी माघ २० गतेभित्र जिल्ला तथा प्रदेश फुटबल संघलगायत सदस्य संघहरूको निर्वाचन तथा साधारण सभाको निम्ति निर्वाचन नियमावली तथा निर्वाचन निर्देशिका बनाइ जारी गर्ने र माघ २९ गते एन्फा विशेष साधारण सभा (एक्ट्राअर्डिनरी कंग्रेस) बोलाउने तय गरेको हो ।

साथै आगामी फागुन १५ देखि ३० गतेभित्र जिल्ला संघलगायत सदस्य संघहरूको निर्वाचन गर्ने रचैत्र १ देखि १० गतेभित्र प्रदेश संघको निर्वाचन गर्ने निर्णय भएको छ । यसैगरी विभिन्न प्रतियोगितामा विजेता वा उपविजेता हुने टोलीलाई दिइने पुरस्कारको सम्बन्धमा एन्फा अध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने जसको सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष रहने गरि पन्ध (१५) दिनभित्र पुरस्कारको मापदण्ड तयार गरी समितिको सिफारिस अनुसार पुरस्कार प्रदान गर्ने निर्णय पारित गरिएको छ ।