साफ वुमन्स च्याम्पियनसिपः फाइनल खेलको टिकट बिक्री स्थगित

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिक बिक्री स्थगित गरिएको छ ।
कात्तिक १४ गते बुधबार हुने घरेलु टोली नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित गरिएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि फाइनल खेलको टिकट बिक्री स्थगित गरेको जनाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै त्यसको बारेमा सत्यतथ्य बुझ्न टिकट बिक्री स्थगित गरिएको एन्फाले जारी गरेको सूचनामा उल्लेख छ ।