ए डिभिजन लिग पुस ८ गतेबाट हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ए डिभिजन लिग पुस ८ गतेबाट गर्ने निर्णय गरेको छ । बुधबार एन्फा कम्प्लेक्समा बसिरहेको एन्फा कार्यसमिति बैठकले ए डिभिजन लिग पुस ८ गतेबाट चैत ४ गतेसम्म संचालन गर्ने निर्णय गरेको हो ।
त्यस्तै, सी डिभिजन लिग असोज १ गतेबाट ३० गतेसम्म गर्ने निर्णय गरेको छ । त्यस्तै, बी डिभिजन लिग चैत्र ६ गतेदेखि बैशाख १५ गतेसम्म गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
