हेटौंडाका लामा पक्राउ

तु खबर संवाददाता
२०७८ पुष २५,आईतवार १७:२३

मकवानपुर । मकवानपुर प्रहरीले चेक अनादर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बस्ने ३६ वर्षीय पेमा लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटालेले जानकारी दिए ।

उनका अनुसार, जिल्ला अदालत मकवानपुरको मिति २०७७ असोज ६ गतेको फैसलाले चेक अनादर मुद्दामा फरार लामालाई आइतबार हेटौंडा–३ बाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको जनाइएको छ ।