मामाघर मकवानपुरलाई आर्थिक सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, हटियाका कमल बहादुर विष्टले पितृको स्मृतिमा मामाघर नेपाल मकवानपुरलाई सहयोग गरेका छन् । विष्टले पिता नरबहादुर बिष्टको स्मृतिको अवसरमा आइतबार हेटौंडा–११ स्थित मामाघर नेपाललाई ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
विष्टले मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीलाई एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गरेका हु्न । सडक बालबालिकामुक्त समाज निर्माणका लागि दैनिकजसो सहयोग प्राप्त भइरहेको अध्यक्ष पराजुलीको भनाइ छ ।
