समाचार
मकवानपुरमा सवारी दुर्घटना, एकको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरीमा आइतबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३६४० नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना २३ प ७०६२ नम्वरको मोटरसाइकललाई मनहरी–७ बिजौनास्थित ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...
कोरोना अपडेट– ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय देशभरबाट संकलित ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, बाँकी ४ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ...
पठाओ राइडर अपहरित, दुई जना पक्राउ
काठमाडौं । कोटेश्वरबाट गएराति एक जना पठाओ राइडर अपहरित भएका छन् । शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले पठाओ राइडरलाई धापाखेल पुर्याइ अपहरण लुटपाट गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार धापाखेलमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर...
कोरोना खोप लगाएको केहीबेरमै मृत्यु
धनगढी । कैलालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप लगाएको केही मिनेटमै एक जनाको मृत्युु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्युु भएको हो । ‘आइतबार दिउँसो करीब दुई बजेतिर उहाँ (मृतक) आधारभूत स्वास्थ्य...
देशभर ६४६२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४३७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा रहेका छन्...
मकवानपुरका ९१ जनामा कोरोना पुष्टि, सबैभन्दा धेरै हेटौंडाका
मकवानपुर । मकवानपुरमा थप ९१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज (आइतबार) एकैदिन ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा १७० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि...
माओवादी पदाधिकारीको निर्वाचन माघ २७ गते हुने
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारीको निर्वाचन यही माघ २७ गते हुने भएको छ । महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीले पूर्णता पाउने भएको हो । यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो ।...
आज नेप्से परिसूचक १० अंकले घट्यो
काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २ हजार ९२० दशमलव ५१ को विन्दुमा कायम भएको छ । आज ४६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।...
मकवानपुरका तामाङ बाराबाट पक्राउ
मकवानपुर । बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित सडकबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–९ घोरङ बस्ने २२ वर्षीय नबराज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रित लागूऔषध एक सय एमएलको डाइलेक्स डिसि १ सय १० बोतल सहित...
युवा संघ मकवानपुरको इन्चार्जमा घर्ती
मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको इञ्चार्जमा दिलु घर्ती चयन भएकी छन् । पोखरामा पुस २८ देखि ३० सम्म सम्पन्न राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकबाट अधिवेशन आयोजक कमिटी सदस्यमा मनोनित भएका घर्तीलाई सचिवालयको दोस्रो बैठकले मकवानपुर इञ्चार्जमा चयन गरेको हो । अनेरास्ववियुबाट एमाले राजनीतिमा प्रवेश गरेकी...









