समाचार

अबदेखि लण्डन दूतावासमा कार्ड भुक्तानीमात्रै

लण्डन । लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागु हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार एक सूचना जारी गरी सोको जानकारी गराएको हो । जारी सूचनामा दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्य रूपमा बैंक...

कस्तुरीको विनासहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीले दुर्लभ बन्यजन्तु कस्तुरीको विनासहित काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको टोखा नगरपालिका–३ स्थित विष्णुमती करिडोरबाट दुर्लभ बन्यजन्तु कस्तुरी विनासहित चार जनालाई पक्राउ गरेको जनाएको छ । कस्तुकरीको विना किनबेच हुन थालेको विशेष सुचानाको आधारमा पुगेको महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको...

टेक अस्पतालमा आजदेखि पुनः खोप अभियान सुरु

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सुरु भएको छ ।काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सुरु गर्न लागेको अस्पतालका निर्देशक डा.मनिषा रावलले जानकारी दिए । उनका...

मकवानपुरगढीमा मनाइयो २५९ औं विजय उत्सव

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा २५९ औं विजय उत्सव मनाइएको छ । हरेक वर्ष सोहि दिनको स्मरणमा माघ १० गते मनाउँदै आएको विजयी उत्सव सोमबार कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गढी दरबार परिसरमा नेपाली सेनाले निर्माण गरेको मकवानपुरगढी र नेपाली सेना सम्बन्ध अङ्कित शिलालेख बोर्ड तथा दरबार परिसरमा भण्डोत्तलन...

भीमफेदी कारागारमा एक कैदीको लडेर मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीस्थित कारागारमा लागूऔषध मुद्दामा सजाय काटिरहेका एक केदीको लडेर मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर ६ मा रहेको उक्त कारागारमा सजाय काटिरहेका बाराको गढीमाई नगरपालिका–१० का ४५ वर्षीय अजयप्रसाद जैसवालको लडेर मृत्यु भएको कारागार प्रमुख मदन लामा थिङले जानकारी दिए । उनका अनुसार सोमबार...

मकवानपुर प्रहरीद्वारा मास्क नलगाउनेलाई जरीवाना

मकवानपुर । मकवानपुर प्रहरीले सोमबारमास्क नलगाई सार्वजनिक स्थानमा हिडडुल गर्ने ५९ जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको मास्क अभियान अन्तरगत  मास्क नलगाउने ५९ जनालाई जरीवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आज नेपाल आउँदै

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको १६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्ने भएको छ । उक्त खोप सोमबार साँझ ७ बजेसम्म नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका अधिकृत बडेबाबु थापाले जानकारी दिए । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सो खोप...

थप १०३१९ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनाको पीसीआर एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइको छ । मन्त्रालयका अनुसार, यससँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको...

राष्ट्र बैकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं । नेपालमा राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैठकले यसका लागि बोलकबोलको सूचना सार्वजनिक गरिसकेको छ । ‘विकास ऋणपत्र २०८० ङ’ नाम दिइएको उक्त ऋणपत्रको बिक्रीका लागि माघ ११ गते अर्थात भालि बोलकबोल हुनेछ । ऋणपत्रको परिपक्व अवधि २ वर्ष हुनेछ ।...

मकवानपुरमा कार्यरत २५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा कार्यरत स्वास्थ्यकर्मीमध्ये २५ प्रतिशतभन्दा बढीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा स्वास्थ्य कार्यालय प्रमुख भीमसागर गुरागाईंले कोरोनाको तेस्रो लहर सुरु भएयता जिल्लामा कार्यरतमध्ये २५ प्रतिशत अर्थात् १ सय २५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको...