१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आज नेपाल आउँदै
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको १६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्ने भएको छ । उक्त खोप सोमबार साँझ ७ बजेसम्म नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका अधिकृत बडेबाबु थापाले जानकारी दिए । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सो खोप दिइनेछ ।
कोभ्याक्स सुविधामार्फत खरिदमा मोडर्ना खोप नेपाल ल्याउन लागिएको अधिकृत थापाले बताए । नेपालमा कोरोना संक्रमितको दर बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनाको पीसीआर एन्टीजेन परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, सो अवधिमा २ हजार ५४० जनामा कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
