मकवानपुरका तामाङ बाराबाट पक्राउ

तु खबर संवाददाता
२०७८ माघ ९, आईतवार १५:२५
सांकेतिक तस्बिर

मकवानपुर । बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित सडकबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–९ घोरङ बस्ने २२ वर्षीय नबराज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनलाई प्रहरीले नियन्त्रित लागूऔषध एक सय एमएलको डाइलेक्स डिसि १ सय १० बोतल सहित शनिबार बिहान पक्राउ गरेको हो । बा ५१ प ८३७५ नम्वरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सो परिणामको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।