कोरोना अपडेट– ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय देशभरबाट संकलित ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, बाँकी ४ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो कुराको जानकारी गराएका हुन् । ‘नेपालमा भइरहेको पछिल्लो संक्रमणमा एस–जीन पोजेटिभ भएपनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ’, अधिकारीले भने ।
