समाचार
यस वर्ष एसईई परीक्षा बैशाखमा हुने
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाखमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष एसईई परीक्षा बैशाखमा गर्न लागेको हो । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बैशाखको पहिला साता परीक्षा संचालन गर्न लागेको जानकारी दिए । उनका अनुसार, परीक्षा तालिका भने केही दिनमै सार्वजनिक हुनेछ ।...
राप्रपाले पदाधिकारी बैठक बोलायो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ । निर्वाचन आयोगले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ का उल्लेख भएको विधान संशोधनका लागि ७ दिनको समय सिमा दिएलगतै राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । आयोगले शनिबार संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको विधानलाई मान्यता नदिने...
विद्यार्थीलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री सहयोग
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८ बुढीचौरस्थित दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । शनिबार नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका समितिका कोषाध्यक्ष आकाश गोलेको संयोजनमा मकवानपुरगढी–८ बोखरेस्थित बागेश्वरी आधारभूत विद्यालय र बुढीचौरस्थित रुपनारायण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपडा र स्वास्थ्य सामाग्री सहयोग...
मिनी बसमा बम विस्फोट हुँदा ७ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । बम विस्फोट हुँदा चार महिलासहित सात जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । उक्त घटनामा नौ जना घाइते भएका छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ ।...
सुत्केरीपछि आमा र नवजात शिशुको मृत्यु
हुम्ला । हुम्लाको जिल्ला अस्पताल हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका वडा नम्वर ५ की २१ वर्षीया टीका सार्कीको माघ ७ र नवजात शिशुको माघ ५ मृत्यु भएको हो । अस्पतालका अनुसार उनको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । टीकाका ससुरा धनसिंह...
आज मेघगर्जन, चट्याङ्गसहित वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सुदूरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू–भागमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशका भू–भागमा सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।...
आज ६९ औं विश्व कुष्ठरोग दिवस मनाइँदै
काठमाडौँ । आज ६९ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइँदैछ । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०१० मै नेपालमा कुष्ठरोग...
बकैयामा गाँजा र अफिम खेती, प्रहरीद्वारा फँडानी
मकवानपुर । जिल्लाको बकैया गाउँपालिकामा पनि गाँजा र अफिम खेती हुँदै आएको छ । तस्करको उक्साहटमा यस क्षेत्रका किसानले पनि गाँजा र अफिम खेती गरिरहेका छन् । बकैया गाउँपालिका–६, गढवान र भोगटे क्षेत्रमा अफिम र गाँजा लगाइएको फेला परेपछि प्रहरीले फँडानी गरेको छ । यस क्षेत्रको २९ कठ्ठा क्षेत्रफलमा...
आज देशभरका अदालत बन्द हुने
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आज आइतबार बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा...
जिल्ला प्रशासन कार्यालय मकवानपुर : आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएको अवस्थामा आफ्नो कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकोले कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा आजदेखि बन्द गरिने भएको जिल्ला प्रशासन...









