युवा संघ मकवानपुरको इन्चार्जमा घर्ती
मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको इञ्चार्जमा दिलु घर्ती चयन भएकी छन् । पोखरामा पुस २८ देखि ३० सम्म सम्पन्न राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकबाट अधिवेशन आयोजक कमिटी सदस्यमा मनोनित भएका घर्तीलाई सचिवालयको दोस्रो बैठकले मकवानपुर इञ्चार्जमा चयन गरेको हो ।
अनेरास्ववियुबाट एमाले राजनीतिमा प्रवेश गरेकी घर्ती लामो समयदेखि युवा संघको सक्रिय राजनीतिमा छिन् । इन्चार्ज घर्तीले आफुहरुको अबको ध्यान युवा संघको केन्द्रीय अधिवेशनमा केन्द्रीत हुने भन्दै केन्द्रीय अधिवेशनलाई सफल बनाउन मकवानपुरले महत्वपूर्ण भूमिका खेल्ने बताईन् ।
