कोरोना खोप लगाएको केहीबेरमै मृत्यु

तु खबर संवाददाता
२०७८ माघ ९, आईतवार १६:५८
सांकेतिक तस्वीर

धनगढी । कैलालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप लगाएको केही मिनेटमै एक जनाको मृत्युु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्युु भएको हो ।

‘आइतबार दिउँसो करीब दुई बजेतिर उहाँ (मृतक) आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किनुुभएको थियो,’ वडाध्यक्ष भिखराम चौधरीले भने, ‘तर १५/२० मिनेटमै बाटोमै उहाँको मृत्युु भएको खबर आयो । अहिले शव आधारभुुत स्वास्थ्य केन्द्रमा राखिएका छ ।’ उनका अनुसार, अहिले स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ । उनको के कारण मृत्यु भएको हो भन्ने विषयमा खुल्न नसकेको पर घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।