समाचार

स्थानीय तह निर्वाचनको मिति नतोके सातै प्रदेशमा आन्दोलन गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले सरकारले स्थानीय तह निर्वाचनको मिति विहिबार नतोके सातवटै प्रदेशमा आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले यसअघि जन संगठनहरुले निर्वाचन मिति तोक्न दवाबमुलक कार्यक्रम गरिरहेको भन्दै बिहीबार पनि मिति नतोके सातै प्रदेश र केन्द्रबाट समेत दवावका कार्यक्रम सुरु गर्ने निर्णय...

पेट्रोलिय पदार्थको मृल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

धनगढी। धनगढीमा पेट्रोलियम पदार्थको मूल्‍यवृद्धिको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघ नेपाल कैलालीले पेट्रोलियम पदार्थको मूल्‍य बढाएको भन्‍दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको हो । साथै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडिसमेत नाराबाजी समेत गरेका छन् । मोटरसाइकल र...

थप ३६३७ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना...

एमाले नेता एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । सिन्धुपाल्चोकका नेकपा एमालेका नेता तथा पूर्वसांसद सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेता कर्माचार्य बुधबार काठमाडौंमा आयोजित कार्यक्रमबीच पार्टी प्रवेश गरेका हुन् । उनीसहितका अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।...

हेटौंडामा सवारी दुर्घटना, सुवेदीको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेमा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउँसो बारा जिल्लाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्वरको बस र विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा...

इन्धनको मूल्य वृद्धिविरुद्ध प्रदर्शन

काठमाडौँ । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोधमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौं त्रिचन्द्र क्‍याम्पसअगाडि बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्‍दै सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन् । सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र...

एमालेको केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत अन्य विषयमा छलफल गरिने जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न...

गठबन्धन सरकारलाई देशको चिन्ता छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारले देशलाई ओरालो यात्रामा पुर्याएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले वर्तमान सरकारलाई देशको चिन्ता नभएको भन्दै देशलाई गठबन्धनले ओरालो यात्रामा पुर्याएको बताएका हुन् ।...

उपमेयर लामाको नेतृत्वमा निर्माणाधीन कृषि थोक बजारको अनुगमन

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाको नेतृत्वमा प्राविधिकसहितको टोलीले आज हेटौंडा ११ स्थित निर्माणाधीन कृषि थोक बजारको अनुगमन गरेको छ । अनुगमनका क्रममा उपमेयर लामाले कृषि थोक बजार निर्माणको कार्य तोकिएकै समयभित्र सम्पन्न गर्न निर्देशन दिएकी छिन् । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको कृषि विकास...

लामिछानेद्वारा कांग्रेस मकवानपुरको सभापति पदमा उम्मेदवारी घोषणा

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा कांग्रेस नेता जयराम लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् । आज आधिकारिक रुपमा उम्मेदवारी घोषणा गर्दै लामिछानेले हेटौंडा २ कांग्रेस चोक नजिकै सम्पर्क कार्यालयसमेत स्थापना गरेका छन् । उनले मकवानपुरमा कांग्रेसप्रति जनविश्वास बढिरहेको पार्टीलाई मकवानपुरमा पहिलो नम्वरको बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।...