समाचार

कांग्रेस मकवानपुरका कार्यबाहक सभापति लामिछानेद्वारा पदभार ग्रहण

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले विहिबार पदभार ग्रहण गरेका छन् । कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सभापति निर्वाचित भएपछि स्वत जिल्लाको कार्यबाहक सभापतिको जिम्मेवारी पाएका लामिछानेले आज औपचारिक रुपमा पदभाग ग्रहण गरेका हुन् । पार्टीको १४ औँ महाधिवेशन अन्तरगत मंसिर अन्मित साता सम्पन्न...

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

काठमाडौँ । हुम्लामा आज माटोले पुरिएर एक महिलाको मृत्यु भएको छ । घर लिपपोत गर्ने माटो खन्ने क्रममा खार्पुनाथ गाउँपालिका वडा नम्वर १ को प्युस गाउँ निवासी ४० बर्षीया देवकी शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार विहान पशुवस्तुका लागि वनबाट सोत्तर संकलन गरी गोठमा ल्याइ खाना खाएर...

सिद्धार्थ इन्स्योरेन्सले कति दिँदैछ बोनस र नगद ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको १८२औं बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब १२ करोड रुपैयाँबाट १५ प्रतिशत बोनस...

भोलिबाट जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्ने

काठमाडौँ । शुक्रबारदेखि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता...

कांग्रेस मकवानपुरका कार्यबाहक सभापति लामिछानेले आज पदभार ग्रहण गर्ने

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले विहिबार पदभार ग्रहण गर्ने भएका छन् । कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सभापति निर्वाचित भएपछि स्वत जिल्लाको कार्यबाहक सभापतिको जिम्मेवारी पाएका लामिछानेले आज दिउँसो १ः३० बजे औपचारिक रुपमा पदभाग ग्रहण गर्ने भएका हुन् । पार्टीको १४ औँ महाधिवेशन...

बर्दियामा बस दुर्घटना, ३५ जना घाइते

काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका–३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस बिहान करीब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना हुँदा ३५ जना घाइते भएको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा घाइतेमध्ये...

गठबन्धन सरकारबाट सबै धर्मालम्बीलाई सम्मान र समभाव : मन्त्री मोक्तान

मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गठबन्धनको सरकारले सबै धर्मालम्बी समुदायको चाडपर्वमा विदाको व्यवस्था गरेर सम्मान र समभाव बढाएको बताएकी छन् । मन्त्री मोक्तानले मकवानपुरको भीमफेदी गाउँपालिका ३, ईक्चुङस्थित बुधबार ल्होछार पर्वको अवसरमा आयोजित एक कार्यक्रममा सो कुरा बताएकी हुन् । उनले तामाङ जातिको नयाँ वर्ष...

माघ २५ देखि बागमती प्रदेशभर पिपिआर विरुद्ध खोप अभियान संचालन हुने

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लाग्ने पिपिआर रोगविरुद्ध खोप अभियान संचालन गर्ने भएको छ । माघ २५ गतेदेखि फागुन २ गतेसम्म खोप अभियान संचालन गर्न लागिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाका प्रमुख डा. रामप्रकाश प्रधानले जानकारी दिएका छन् । उनका अनुसार...

लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगास्थित चेकप्वाइन्टबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर–७ घर भएका ४६ वर्षीय शिव चरण दास रहेका छन् । बुधबार धरानबाट काठमाडौं आउँदै गरेको ना ७ ख ३२५५ नम्वरको बस चेकजाँच गर्दा सो बसमा सवार दासले लुकाईछिपाइ ल्याएको...

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । प्रदेश नम्वर १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका तराई भूभागमा आंशिक बदली रहेको छ । महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि...