समाचार

मुख्यमन्त्री पाण्डेलाई एमालेको चेतावनी

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई पदीय मर्यादा कायम राख्न चेतावनी दिएको छ । एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले विहिबार विज्ञप्ति जारी गर्दै सरकारको नेतृत्व गरिरहेको व्यक्तिले संसदीय मर्यादा बिर्सिएको आरोप लगाएका हुन् । उनले मर्यादा विपरीत संसदीय पद धारण...

थप ३१७५ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३ हजार १७५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य...

देशभर ७० प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप, डब्लुएचओद्वारा बधाई

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ७० प्रतिशत नागरिकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पूर्ण खोप लगाएकोमा नेपाललाई बधाई दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले बिहीबार आधिकारिक ट्वीटरमार्फत नेपाललाई बधाई दिएको हो । नेपालले बुधबार मात्रै १८ वर्षभन्दा माथिका ७० प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप दिइएको जनाएको...

हेटौंडा–९ मा साइराम सहकारीद्वारा सेवा केन्द्र स्थापना

मकवानपुर । साइराम बचत तथा ऋण सहकारी संस्थाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ एचआइडीमा सेवा केन्द्र स्थापना गरेको छ । हेटौंडा–२ अवस्थित उक्त संस्थाले बिहिबार बिहान एक कार्यक्रमबीचत सेवा केन्द्रको उद्घाटन गरेको हो । कार्यक्रम संस्थाका अध्यक्ष राजेन्द्र पौडेलको सभाध्यक्षता तथा हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा...

अख्तियार हेटौंडाद्वारा घुससहित वडा सचिव पक्राउ

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले घुस रकमसहित वडा सचिवलाई पक्राउ गरेको छ । आयोगले बाराको कोल्हवी नगरपालिका–११ का वडा सचिव विनोदप्रसाद साहलाई घुससहित पक्राउ गरेको हो । जग्गा नामसरी सिफारिस गर्दा सेवाग्राहीसँग तीन हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा निजलाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले...

मकवानपुरमा थप ३४ जनामा कोरोना पुष्टि, ११८ जना संक्रमणमुक्त

मकवानपुर । मकवानपुरमा थप ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा ४० जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २४ जना र ४३...

आज नेप्से परिसूचक १४ अंकले घट्यो

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा पुनः गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ५८ अंक अर्थात् शुन्य दशमलव ५० प्रतिशतले घटेर २८७६ दशमलव ७५ विन्दु कायम भएको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच...

विमानस्थलबाट पक्राउ परे मकवानपुरका युवक

मकवानपुर । मकवानपुरका एक युवक सुन र मोबाइलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्वर ७ बस्ने २८ वर्षीय नवराज परियार रहेका छन् । उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट बिहीबार पक्राउ गरेको हो । प्रहरीले उनीसहित गौर नगरपालकिा–१० रौतहट सोबगाढाका ३२ वर्षीय...

स्थगित भएको लोक सेवाका परीक्षा फागुन पहिलो हप्तादेखि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा आगान पहिलो हप्तादेखि संचालन हुने भएको छ । लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै स्थगित परीक्षा फागुन ६ गतेदेखि संचालन हुने जानकारी गराएको हो । आयोगले उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो...

स्थानीय तहको निर्वाचनअघि पार्टीको जिल्ला अधिवेशन नगरौँ – लामिछाने

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले स्थानीय तहको निर्वाचनअघि पार्टीको जिल्ला अधिवेशन नगर्न प्रस्ताव गरेका छन् । विहिबार पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हतारमा काम गरेर फुर्सदमा पछुताउन नहुने बताए । उनले भने, ‘हतारमा निर्णय गरेर पछुताउने काम कांग्रेसले गर्नु हुँदैन । जेठ ५ अगावै...