मुख्यमन्त्री पाण्डेलाई एमालेको चेतावनी

तु खबर संवाददाता
२०७८ माघ २०, बिहीबार १८:१४
file-photo

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई पदीय मर्यादा कायम राख्न चेतावनी दिएको छ । एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले विहिबार विज्ञप्ति जारी गर्दै सरकारको नेतृत्व गरिरहेको व्यक्तिले संसदीय मर्यादा बिर्सिएको आरोप लगाएका हुन् ।

उनले मर्यादा विपरीत संसदीय पद धारण गरेका व्यक्तिहरूमाथि केन्द्रीत भएर मुख्यमन्त्री पाण्डे गाली गलौजमा उत्रिएको आरोप लगाए । गत मंगलबार बागमती प्रदेशसभाको चौथो वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री पाण्डे र पूर्व मुख्यमन्त्री डोरमणि पौडेल तथा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य र सभामुख सानुकुमार श्रेष्ठबीच सवाल जवाफ भएको थियो । सोही विषयमा केन्द्रीत हुँदै प्रमुख सचेतक निरौलाले मुख्यमन्त्रीलाई पदीय मर्यादा कायम राख्न चेतावनी दिएका हुन् ।