समाचार

सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा शुक्रबार विहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्वरको मारुती भ्यान विपरित दिशाबाट गइरहेको लु २ ख १७०१ नम्वरको टिपर एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी...

सेताम्मे सिम्भञ्ज्याङ

मकवानपुर । दामन र सिम्भञ्ज्याङ मकवानपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेको छ । शहरको भागदौडपूर्ण दैनिकीबाट केही समय सुस्ताउने इच्छा हुनेहरुका लागि दामन/सिम्भञ्ज्याङ उपयुक्त गन्तव्य हुनसक्छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट ५० किलोमिटर र संघीय राजधानी काठमाडौँबाट ८० किलोमिटर दुरी पार गरेपछि सिम्भञ्ज्याङ पुग्न सकिन्छ । सो...

चट्याङले लियो खत्रीको ज्यान

सुर्खेत । सुर्खेतमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । भेरीगंगा नगरपालिका ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको ज्यान गएको हो । गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी सक्त घाइते भएको थिएन् । घाइते उनलाई उपारको लागि मेहलकुना अस्पतालमा लगिएको थियो । उनको...

मास्क नलगाउने ५१ जनालाई जरीवाना

मकवानपुर । मकवानपुर प्रहरीले बिहिबार मास्क नलगाई सार्वजनिक स्थानमा हिडडुल गर्ने ५१ जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको मास्क अभियान अन्तरगत मास्क नलगाउने ५१ जनालाई जरीवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय...

ट्राफिक नियम उल्लङ्घन गर्ने ६५ वटा सवारीसाधन कारबाहीमा

मकवानपुर । मकवानपुर प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ६५ वटा सवारीसाधनलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले बिहिबार जिल्लाको विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा ६० वटा सवारीसाधनलाई कारबाही गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।...

११ वर्षमा ६ हजारले लिए रातो पासपोर्ट

काठमाडौं । सरकारले ११ वर्षमा करिब ६ हजार कूटनीतिक राहदानी (रातो पासपोर्ट) जारी गरेको छ । राहदानी विभागको तथ्यांक अनुसार सन् २०१० को डिसेम्बर यता ५ हजार ८४८ वटा रातो पासपोर्ट जारी भएको हो । यी सबै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भएको विभागका महानिर्देशक डोरप्रसाद अर्यालले जानकारी दिए ।...

मकवानपुरको दामन र सिम्भञ्ज्याङमा भारी हिमपात

मकवानपुर । जिल्लाको थाहा नगरपालिकास्थित पर्यटकीय क्षेत्र दामन, सिमभञ्ज्याङ र अघोरमा भारी हिमपात भएको छ । गएराति देखि वर्षासँगै हिमपात भएपछि सो क्षेत्रको जनजीवन कष्टकर बनेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । तापक्रम माइनसमा झरेपछि चिसोले जनजीवन कष्टकर बनेको हो । अहिले दामनको तापक्रम शुन्य डिग्री छ भने...

हेटौंडाका लामा प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित बिहिबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ४१ किलो ५०० ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ तिनताप्के बस्ने ३१ वर्षीय ईश्वर लामा रहेको जिल्ला प्रहरी कार्यालय...

मकवानपुरको सिमभञ्ज्याङमा हिमपातका कारण यातायात अवरुद्ध

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका अन्तरगत पर्ने सिमभञ्ज्याङ र अघोरमा  हिमपातका कारण हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ । गएराति वर्षासँगै बाक्लो हिउँ पर्नाले आज बिहान सवा २ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । उक्त स्थानमा अहिले हिउँ परिरहेकोले काठमाडौंबाट हेटौंडातर्फ र...

जिल्ला अदालतद्वारा तेस्रो लिङ्गीको हत्यामा संलग्न तीन जनालाई जन्म कैद फैसला

मकवानपुर । जिल्ला अदालत मकवानपुरले तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न रहेका तीन जनालाई जीवित रहेसम्म कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालत मकवानपुरले २०७६ साल माघ ४ गते विहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिङ्गी भुजेलको हत्यामा संलग्न ३ जनालाई जीवित रहेसम्म कैद फैसला...