हेटौंडाका लामा प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ माघ २१, शुक्रबार ०८:५८
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित बिहिबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ४१ किलो ५०० ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ तिनताप्के बस्ने ३१ वर्षीय ईश्वर लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, विशेष सूचनाको आधारमा पुगेको  प्रहरी  टोलीले लामाको घरमा लुकाईछिपाई राखेको उक्त परिणामको गाँजा बरामद गरेपछि निजलाई पक्राउ गरेको हो । पक्रउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।