सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ २१, शुक्रबार १४:५५

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा शुक्रबार विहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्वरको मारुती भ्यान विपरित दिशाबाट गइरहेको लु २ ख १७०१ नम्वरको टिपर एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका ९ वर्षीय छोरा निमेश ढुंगाना रहेका छन् । निमेशको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो भने निशाको चितवन मेडिकल कलेजमा उपचारकम क्रममम बिहान १०ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा परेर निशाको माइतीतर्फको आमा राप्ती नगरपालिका–३ की धिरमाया वली र भ्यान चालक गल्छी–१ का राजकुमार ढुंगाना घाइते भएका छन् । घाइतेमध्ये वलीको अवस्थामा भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।