समाचार

ट्राफिक नियम उल्लङ्घन गर्ने ६० वटा सवारीसाधन कारबाहीमा

मकवानपुर । मकवानपुर प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ६० वटा सवारीसाधनलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले बुधबार जिल्लाको विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा ६० वटा सवारीसाधनलाई कारबाही गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।...

मास्क नलगाउने १० जनालाई जरीवाना

मकवानपुर । मकवानपुर प्रहरीले बुधबार मास्क नलगाई सार्वजनिक स्थानमा हिडडुल गर्ने १० जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको मास्क अभियान अन्तरगत मास्क नलगाउने १० जनालाई जरीवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय...

एमाले प्रचार विभागमा ९ सदस्य मनोनित

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा ९ जना सदस्य मनोनित भएका छन् । एमाले केन्द्रीय सचिवालयको बुधबार भक्तपुरमा बसेको बैठकले प्रचार विभागमा ९ जना सदस्य मनोनित गरेको हो । जसमा सदस्यहरूमा गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी,...

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । लमजुङको राइनास नगरपालिका–६, सिम्लेखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो इँटा लिन जाँदै गरेको ग १ त ४४४५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो मृत्यु हुनेमा ४३ वर्षीय अमृत चिलुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा...

विदेशी मुद्राको विनिमयदर आज कति ?

मकवानपुर । विहिबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४५ पैसा र विक्रिदर १२० रुपैयाँ ०५ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै युरोपियन युरो आज एकको खरिददर १ सय ३५ रुपैयाँ र बिक्रीदर १ सय ३५ रुपैयाँ ६८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको...

लेखापरीक्षण समूहका १५ जना उपसचिवमा बढुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखापरीक्षण समूहका १५ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बुधबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । जसअनुसार डोरमणि घिमिरे, विश्वम्बर श्रेष्ठ, सुन्दर भुजेल, किशोर पोखरेल, ठाकुरप्रसाद न्यौपाने, शैलेन्द्रकुमार भुसाल,कृष्णहरि दाहाल...

ल्होछारको अवसरमा शुभकामना अदानप्रदान तथा म्यूजिक भिडियो सार्वजनिक

मकवानपुर । नेपाल तामाङ घेदुङ मकवानपुुरको आयोजनामा आज हेटौंडामा शुभकामना आदान–प्रदान कार्यक्रम भएको छ । तामाङ समुदायले नयाँ बर्षको रुपमा हर्षोल्लासका साथ मनाउने सोेनाम ल्होछार २८५८ ताक ल्हो बाघ वर्गको उपलक्ष्यमा घेदुङले उक्त कार्यक्रम आयोजना गरेको हो । सोही अवसरमा घेदुङ मकवानपुरका सचिव अत्मराम मोक्तान नलगायतको समूह मिलेर तयार...

कोरोनाका कारण स्थगित त्रिवि अन्तरगतका परीक्षाहरु फागुन १ गतेदेखि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरगतका स्थगित परीक्षाहरु फागुन १ गतेबाट सुचारु हुने हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार एक सूचना जारी गर्दै कोरोनाका कारण स्थगित परीक्षाहरु फागुन १ बाट संचालन हुने जानकारी गराएको हो । जसअनुसार त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुुद्वारा २०७८ सालमा सञ्चालन हुने शिक्षा...

स्थानीय निर्वाचन समयमै सम्पन्न गर्न हेटौंडामा सडक बहस

मकवानपुर । स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न हेटौंडामा सडक बहस कार्यक्रमको आयोजना गरिएको छ । बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानवपुर कमिटीले हेटौंडाको बुद्धचोकमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम अनेरास्ववियु मकवानवपुर जिल्ला कमिटीका अध्यक्ष विशाल पौडेलको अध्यक्षता तथा अनेरास्ववियु पूर्व केन्द्रीय उपाध्यक्ष एवम्...

मकवानपुरमा थपिए १२ जना संक्रमित, १४६ जना संक्रमणमुक्त

मकवानपुर । मकवानपुरमा बुधबार १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १० जनामा र २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा गरी १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा...