स्थानीय निर्वाचन समयमै सम्पन्न गर्न हेटौंडामा सडक बहस

तु खबर संवाददाता
२०७८ माघ १९, बुधबार १७:५०

मकवानपुर । स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न हेटौंडामा सडक बहस कार्यक्रमको आयोजना गरिएको छ । बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानवपुर कमिटीले हेटौंडाको बुद्धचोकमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम अनेरास्ववियु मकवानवपुर जिल्ला कमिटीका अध्यक्ष विशाल पौडेलको अध्यक्षता तथा अनेरास्ववियु पूर्व केन्द्रीय उपाध्यक्ष एवम् नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, कानुन व्यवसायी क्रमशः ध्रुबप्रसाद चौलागाई, मदन दाहाल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलगायत विद्यार्थी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहको थियो ।