ल्होछारको अवसरमा शुभकामना अदानप्रदान तथा म्यूजिक भिडियो सार्वजनिक

तु खबर संवाददाता
२०७८ माघ १९, बुधबार १९:००

मकवानपुर । नेपाल तामाङ घेदुङ मकवानपुुरको आयोजनामा आज हेटौंडामा शुभकामना आदान–प्रदान कार्यक्रम भएको छ । तामाङ समुदायले नयाँ बर्षको रुपमा हर्षोल्लासका साथ मनाउने सोेनाम ल्होछार २८५८ ताक ल्हो बाघ वर्गको उपलक्ष्यमा घेदुङले उक्त कार्यक्रम आयोजना गरेको हो ।

सोही अवसरमा घेदुङ मकवानपुरका सचिव अत्मराम मोक्तान नलगायतको समूह मिलेर तयार पारिएको ल्होछार विशेष ‘आम्मैले होइ’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा लक्ष्मण तितुुुङ, आत्मराम मोक्तान, निर्मला घिसिङ् र विमला थिङको स्वर रहेको छ भने सुर्य तितुुुङको शंगीत रहेको छ । त्यस्तै गीतमा शब्द सुर्य तितुङ, लक्ष्मण तितुुुङ, राजु वाइबाले शब्द रहेको छ भने आग लामाले एरेन्ज गरेका हुन् । उक्त म्यूजिक भिडियो आज जिग्मे मिडियाबाट सार्वजनिक गरिएको हो ।

नेपाल तामाङ घेदुुङ मकवानपुरका कार्यबाहक अध्यक्ष कालु घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा घेदुङ केन्द्रीय सदस्य जानकी लामा, हेटौंडा १० का वडा अध्यक्ष कितावसिंह लामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, नगर घेदुङ अध्यक्ष भीमलाल सिन्तानलगागतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । हरेक वर्ष ल्होछार विशेष सांस्कृति कार्यक्रम गरेपनि यसपाली कोभिड १९ को संक्रमणको जोखिमका कारण सामान्य रुपमा मनाइएको घेदुङले जनाएको छ ।