‘सोनाम ल्होछार तामाङ समुदायको मात्रै नभई समग्र नेपालीको पर्व हो’

तु खबर संवाददाता
२०८० माघ २७,शनिबार ०९:१४
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ल्होछार पर्व तामाङ समुदायको मात्रै नभएर समग्र नेपालीको नै पर्व भएको बताएका छन् ।

शनिबार तामाङ समुदायले मनाउँदै गरेको तामाङ समुदायको मौलिक सांस्कृतिक पर्व २८६० औं डुक ल्हो (सोनाम ल्होछार) को शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

उनले १० वर्षे महान् जनयुद्ध, १९ दिने जनआन्दोलन र विभिन्न जाति, वर्ग र क्षेत्रले गरेको आन्दोलनबाट समानुपातिक र समावेशी व्यवस्था स्थापना गरेकोले राज्यको नजरमा सबैखाले भाषा, धर्म, संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गरे ।

मुख्यमन्त्री जम्कट्टेलले लडेर ल्याएको व्यवस्था र संविधानले दिएको अधिकारको प्रयोग गर्दै बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाइ सकेको उल्लेख गरे ।