मकवानपुरको बागमती गाउँपालिकाले सोनाम ल्होछारमा तीन दिन विदा दिने

तु खबर संवाददाता
२०७८ माघ १७, सोमबार १२:२६

मकवानपुर । तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा मकवानपुरको बागमती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले आज सूचना जारी गर्दै यही माघ १८ गतेदेखि २० गतेसम्म तीन दिनका लागि पालिका र मातहतका निकायहरुमा विदा दिने जनाएको छ ।

पालिकाको माघ १६ गते बसेको बैठकले तामाङ समुदायको महान चाड सोनाम ल्होछारको उपलक्ष्यमा विदा दिने निर्णय गरेको हो । बागमती गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता रहेको छ । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तीतिको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ वर्ष एकै दिन मनाइन्छ ।