ल्होछारको उपलक्ष्यमा मनहरी गाउँपालिकाले दियो २ दिन विदा

तु खबर संवाददाता
२०७८ माघ १८, मंगलवार १८:३९

मकवानपुर । तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा मनहरी गाउँपालिकाले २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको आज बसेको बैठकले माघ १९ र २० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले आज सूचना जारी गर्दै गाउँपालिका क्षेत्र भित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था र अन्य कार्यालयलाई विदा दिने निर्णय गरेको छ । यस अघि मकवानपुरको बकैया, राक्सिराङ र बागमती गाउँपालिकाले पनि ३ दिन विदा दिने निर्णय गरेको थियो । तामाङ समुदायले सोनाम ल्होछारलाई हर्षोल्लासका साथ मनाउने गरेका छन् ।