ल्होछारको उपलक्ष्यमा बकैया र राक्सिराङ गाउँपालिकाले पनि तीन दिन विदा दिने

तु खबर संवाददाता
२०७८ माघ १७, सोमबार १८:५७

मकवानपुर । तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ र बकैया गाउँपालिकाले पनि तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार एक सूचना जारी गर्दै दुवै गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा माघ १९, २० र २१ गते सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । यसअघि बागमती गाउँपालिकाले पनि ३ दिन विदा दिने निर्णय गरिसकेको छ ।

तामाङ समुदायको बाहुल्यता रहेको भन्दै रहेको उल्लेख गर्दै राक्सिराङ र बकैया गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । तीन दिन सार्वजनिक विदाको समयमा पनि कोभिड–१९ विरुद्धको खोप अभियान तथा अन्य नियमित खोप कार्यक्रमहरु भने सञ्चालन हुने जनाइएको छ ।