सोनाम ल्होछारको उपलक्ष्यमा भोलि देशैभर सार्वजनिक विदा

तु खबर संवाददाता
२०७८ माघ १८, मंगलवार १३:२१

काठमाडौँ । तामाङ् समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा सरकारले भोलि देशैभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले माघ १९ गते देशैभर विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सूचना निकालेर भोलि नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था पूर्ण रुपमा बन्द रहने जानकारी दिएको हो । यसअघि बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेशभर भोलि १९ गतेको लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । मकवानपुरको बागमती, बकैया र राक्सिाराङ् गाउँपालिकाले भने माघ १९, २० र २१ गते सम्म तीन दिन विदा दिने जनाएको छ ।