कोरोनाका कारण स्थगित त्रिवि अन्तरगतका परीक्षाहरु फागुन १ गतेदेखि

तु खबर संवाददाता
२०७८ माघ १९,बुधबार १७:५१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरगतका स्थगित परीक्षाहरु फागुन १ गतेबाट सुचारु हुने हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार एक सूचना जारी गर्दै कोरोनाका कारण स्थगित परीक्षाहरु फागुन १ बाट संचालन हुने जानकारी गराएको हो ।

जसअनुसार त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुुद्वारा २०७८ सालमा सञ्चालन हुने शिक्षा र मानविकी संकायका तीन वर्षे स्नातक तहको नियमित तथा आंशिक परीक्षा पुनस् सञ्चालन गरिने भएको हो । यस्तै प्राइभेटतर्फका परीक्षार्थीहरूको परीक्षा पनि सञ्चालन हुने बताइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित परीक्षार्थीलाई आफूले परीक्षा दिनुपर्ने कोड र विषयबारे यकिन गरेर मात्र परीक्षा दिनुपर्ने भन्दै सचेत गराएको छ । अन्यथा परीक्षण नियन्त्रण कार्यालय जवाफदेही नहुने भन्दै परीक्षार्थीहरूलाई सचेत गराएको हो । यस्तै परीक्षा फारम छुटेका विद्यार्थीले सम्बन्धित क्याम्पसमा निर्धारित समयमै अतिरिक्त दस्तुर बुझाएर फारम भर्न पाउने सूचनामा उल्लेख छ ।