मकवानपुरमा थप ३४ जनामा कोरोना पुष्टि, ११८ जना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ माघ २०, बिहीबार १५:४८
filr-photo

मकवानपुर । मकवानपुरमा थप ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा ४० जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २४ जना र ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या २३७ जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ११८ जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेश र संस्थागत आइसोलेशनमा बसेका ११८ जना आज संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।