बर्दियामा बस दुर्घटना, ३५ जना घाइते

तु खबर संवाददाता
२०७८ माघ २०, बिहीबार १०:२१

काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका–३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस बिहान करीब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना हुँदा ३५ जना घाइते भएको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा घाइतेमध्ये कालीकोटको त्रिवेणी गाउँपालिका–६ की ११ वर्षीया शीतला उपाध्याय र सान्नी त्रिवेणी गाउँपालिका–७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर रहेको छ । दुबै जनालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ । सामान्य घाइते भएका अन्यलाई उपचारका लागि स्थानीय कौशिल्या अस्पताल पठाइएको छ । प्रहरीले बस चालकmाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।