इन्धनको मूल्य वृद्धिविरुद्ध प्रदर्शन

तु खबर संवाददाता
२०७८ माघ १९, बुधबार १५:२५

काठमाडौँ । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोधमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौं त्रिचन्द्र क्‍याम्पसअगाडि बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्‍दै सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल, मट्टीतेल प्रतिलिटर रु ३ रुपैयाँले वृद्धि गरेको थियो । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजन अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४० रुपैयाँसम्म पुगेको थियो । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य हो ।