थप ३६३७ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ १९, बुधबार १६:४७
filr-photo

काठमाडौं । नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्‍यु भएको छ भने ३ हजार ६३७ जनामा कोरोना संक्रमणमुक्र भएका छन् । हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।